सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु

२०८० कार्तिक १०, ११:५५ खबर संवाददाता

धनगढीः नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ का दीपक मल्लका ६ वर्षीय छोरा दिपसन मल्ल र सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षीय छोरा आयुष मल्लको बिहीवार साँझ नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले बताएको छ।

उनीहरु साँझ ५ः३० बजे बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ स्थित काँडा नदीमा नुहाउन गएका थिए। उनीहरुको शव नदीमा पानी जमेको गहिरो भागमा भेटिएको प्रहरीले जनाएको छ। मृतकका शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरिक्षक बिरबहादुर विकले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस