सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोरम प्रदेश २ को अध्यक्षमा आर्थिक मामिला मन्त्री यादव निर्वाचित

। फोटो स्रोत ।
२०७६ वैशाख १७, १२:१७ खबर संवाददाता

संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव निर्वाचित भएका छन्। सिरहाको लहानमा सोमबार राति सम्पन्न प्रदेश अधिवेशनबाट मन्त्री यादव ३७ मतले आफ्ना निकटतम प्रतिस्पर्धी रेणु यादवलाई पराजित गर्दै विजयी भएका हुन्।

मन्त्री यादवले १ सय ८४ मत प्राप्त गर्नुभएको थियो भने रेणु यादवले १ सय ४७ मत मात्र प्राप्त गरेको थियो। ५१ सदस्यीय प्रदेश समिति मध्ये ४१ जनाका लागि चुनाव भएको छ। पार्टीको विधान अनुसार तीनजना उपाध्यक्ष, एकजना महासचिव, एकजना सचिव र एकजना कोषाध्यक्षसहित १० जना मनोनित गरिनेछ। प्रदेश समितिको चुनावमा ४ सय ५ जना मतदाता रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस