सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल आउँने

२०८० कार्तिक ९, ०९:१६ खबर संवाददाता

काठमाडौँः संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस नेपाल आउने भएका छन्। यसको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका हुन्।

बिहीवार दिउँसो रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले दिएको निम्तो स्वीकार्दै यूएनका महासचिव नेपाल आउन लागेको खुलासा गरे।

जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ,’ उनले भने, ‘मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ। यसले विश्वको ध्यान नेपालमा खिच्नेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो।’ साथै कतारका राजा तमिम बिन हमाद अल थानी पनि नेपाल आउने भएका छन्। 
 

कमेन्ट लोड गर्नुस