सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा इजरायली हवाई आक्रमणः मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ६,५०० नाघ्यो

२०८० कार्तिक ९, ०७:५१ खबर संवाददाता

काठमाडौं: गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि  मन्त्रालयले जनाएको छ। अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस