बझाङमा एक स्वाथ्यकर्मी माथि हातपात
बझाङः बझाङको जयपृथ्वी अस्पताल चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मी माथि हातपात भएको छ।
सेवाग्राहीलाई डाक्टरको सल्लाह विना औषधी दिन नसकिने बताएपछि सो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मदन खड्का माथि अभद्र व्यवहारसँगै कुटपिट भएको हो। दसैैंको बिदाको दिन स्वास्थ्य उपचारमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले घटनाप्रति आपत्ती जनाएको छ।
जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार लगायतका व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरेर जबजस्ती औषधि माग्न खोजेका थिए। तर स्वास्थ्यकर्मी खड्काले उक्त औषधि चिकित्सको अनुमतिबिना बिक्रिवितरण गर्न नमिल्ले बताएपछि खड्कालाई गालीगलौज गर्दै हातपात भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। स्वाथ्यकर्मी खड्का माथि मंगलवार हातपात भएको हो। हातपात गर्ने सोहि स्थानका सुदिप सुनार र सन्तोष कुँवरलाई नियन्त्रणमा लिएको बझाङ प्रहरीले जनाएको छ।