सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईलाई हराउँदै नेपाललाई प्रिमियर कपको उपाधि

२०८० कार्तिक ७, ०४:१९ खबर संवाददाता

नेपालले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल उपाधि जितेको हो।

मलेसियाको बायोमास ओभलमा नेपालले जितका लागि दिएको १९८ रनको लक्ष्य पछ्याएको यूएईले २६ ओभर ५ बलममा सम्पूर्ण विकेट गुमाउँदै मात्र १७८ रन बनायो। वर्षाका कारण खेल रोकिनु भन्दा पहिले यूएईले २८१ रनको लक्ष्य पछ्याएको समयमा युएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो। खेल रोकिएपछि युएईले २७ ओभरमा १९८ रनको लक्ष्य पाएको थियो।

यूएईका लागि ध्रुब परेशारलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अर्यांश शर्माले ३२ रन बनाउँदा कप्तान आयन खानले  ३० रनको योगदान गरे। बलिङतर्फ नेपालका लागि नेपालका आकाश त्रिपाठीले सर्वाधिका चार विकेट लिए। त्यस्तै सुवास भण्डारीले ३ विकेट लिँदा आकाश चन्दले र हेमन्त धामीले एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८० रन बनाएको थियो।

नेपालका लागि देव खनालले १०० रनको शतकीय पारी खेले । उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै ओपनर अर्जुन कुमालले ७८ बलमा ४ चौकासहित ५५ रन बनाए। त्यस्तै उत्तम थापामगरले महत्वपूर्ण ५७ रनको अर्धशतकीय पारी खेले । उनले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। युएईका लागि हरित शेठ्ठीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै कप्तान आयन खानले २ विकेट लिए। उपाधिसँगै नेपाल एसिया कप छनोट भएको छ। 

कमेन्ट लोड गर्नुस