सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सेनालाई आफ्नो देश छाड्न माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिको चेतावनी

२०८० कार्तिक ७, ०९:२० खबर संवाददाता

एजेन्सीः  माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न चेतावनी दिएका छन्। ‘माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ‘ मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,‘ बीबीसीसँग उनले भनेका छन्।

आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका नेता मुइज्जुले गत महिनाको निर्वाचनमा आफू विजयी भएको केही दिनमै भारतीय राजदूतलाई भेटेर भारतीय सैनिक हटाइनुपर्ने बारे स्पष्टसँग कुरा गरेको बीबीसीसँगको अन्तरवार्तामा बताएका छन्।

माल्दिभ्समा लामो समयदेखि भारतीय प्रभाव रहँदै आएको छ र मुइज्जुको अडानले दुई देशहरूबीच कूटनीतिक तनाव उत्पन्न हुने सम्भावना देखिएको छ। गत महिना मुइज्जु निर्वाचित हुँदा भारतलाई झड्का लागेको मानिएको थियो। बरु उनको गठबन्धनले चीनसँगको निकट सम्बन्धलाई प्राथमिकता दिएको छ।
 

कमेन्ट लोड गर्नुस