सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानद्धारा अफगानिस्तानलाई २ सय ८३ रनको लक्ष्य

२०८० कार्तिक ६, ०६:१८ खबर संवाददाता

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ८३ रनको लक्ष्य दिएको छ। चेन्नईमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायो।

पाकिस्तानका कप्तान बाबर आमजले सर्वाधिक ७४ रन बनाए। यस्तै अब्दुल्लाह शफिकले ५८ तथा इफ्तिखर अहमद र शदाब खानले समान ४० रन बनाएर आउट भए। बलिङतर्फ अफगानिस्तानका नूर अहमदले ३ र नवीन उल हकले २ विकेट लिए। यसअघिका ४ खेलमा २ खेल जितेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ। उति नै खेलमा १ खेल जितेको अफगानिस्तान पुछारमा छ।
 

कमेन्ट लोड गर्नुस