सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुम्बईको एक भवनमा आगलागी हुदा दुई जनाको मृत्यु

२०८० कार्तिक ६, ०५:२० खबर संवाददाता

एजेन्सीः  भारतको मुम्बईको कांदिवली क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। कांदिवलीको महावीर नगरको पवनधाम वीणा सन्तूर भवनमा आगलागी भएको हो।

आगलागीमा परी अन्य तीन जना घाइते भएको समेत जानकारी प्राप्त भएको छ। समाचार एजेन्सी एएनआईले भवनमा लागेको आगोको भिडियो पनि शेयर गरेको छ। बीएमसीलाई उद्धृत गर्दै एएनआईले आगलागीमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। सोमबार दिउँसो आगलागी भएको हो।
 

कमेन्ट लोड गर्नुस