सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिकोणात्मक टी–२० आई क्रिकेटमा हङकङ यूएईसँग ६ विकेटल पराजित

२०८० कार्तिक ५, ०४:१० खबर संवाददाता

काठमाडौंः  त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाअन्तर्गत आइतवार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जितका लागि दिएको १५० रनको चुनौती यूएईले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो।

हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै ३ चौका र ५ छक्काको मद्दतमा ६६ रन बनाए। त्यस्तै, एजाज खानले ४८ रन बनाए। यी दुवै खेलाडीले चौथो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए। युएईका जहुर खानले ३ विकेट लिए भने निलांश केश्वानीले २ विकेट झारे। सिरिजअन्तर्गत भोलि (सोमवार) नेपाल र युएईबीच खेल हुनेछ।

कमेन्ट लोड गर्नुस