सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैंमा मीठो भोजनका लागि धनगढी उपमहानगरबाट आर्थिक सहयोग

२०८० कार्तिक ५, १०:१० खबर संवाददाता

धनगढीः दशैमा मीठो भोजनका लागि धनगढी उपमहानगरपालिकाले असाहय र कारागारका कैदीबन्दीलाई आर्थिक सहयोग गरेको छ।

उपमहानगरले धनगढी–१३ मा रहेको दृष्टि फाउन्डेसनलाई १० हजार धनगढी–५ मा रहेको मानव सेवा आश्रमलाई १० हजार, धनगढी–५ तारानगरमा रहेको आमाको माया छात्रावासलाई ५ हजार तथा जिल्ला कारागार धनगढीमा रहेका कैदीहरूका लागि एउटा बोका सहयोग गरेको हो।

कारागारमा रहेका कैदीबन्दीका लागि उप–महानगरपालिकामा कार्यरत कर्मचारीले बोका हस्तान्तरण गरेका छन्। दशैंमा मिठो भोजनका लागि उपमहानगरले आर्थिक सहयोग गरेको हो।

कमेन्ट लोड गर्नुस