सुदूर नेपाललाई विश्वसँग जोड्दै

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प 

२०८० कार्तिक ५, ०८:५० खबर संवाददाता

काठमाडौँ: धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन। भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।

 

कमेन्ट लोड गर्नुस