धनगढी एयरपोर्टमा विमानको ढोका नखुलेपछि यात्रुहरु आधा घण्टा भित्रै थुनिए

२०७६ वैशाख १६, ०७:०५
धनगढी विमानस्थलमा अवतरण भएको विमानको ढोका नखुलेपछि यात्रुहरुलाई आकस्मिक द्धारबाट उत्रारिएको छ। आज दिउँसो साढे ४ बजे अवतरण भएको श्री एयरलाइन्सको विमानको ढोका नखुलेपछि यात्रुहरुलाई आकस्मिक द्धारबाट उत्रारिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।
विमानको ढोका नखुलेपछि यात्रुहरु आधा घण्टा विमान भित्रै थुनिएका थिए। उनीहरुलाई साँझ पाँच बजे मात्र आपतकालीन द्धारबाट निकालिएको थियो। प्राविधिक समस्याका कारण विमानको ढोका नखुलेको बताईएको छ।





कमेन्ट लोड गर्नुस