सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अटो दुर्घटना, घाइते दुई जना धनगढी रेफर

२०८० कार्तिक ४, ०७:४० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा अटो दुर्घटना भएको छ। जिल्लाको आलिताल गाउँपालिकामा अटो दुर्घटना हुँदा घाइते भएका दुई जनालाई धनगढी रेफर गरिएको छ। दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका–५ घर भएका ४७ वर्षीया लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको प्रहरीले बताएको छ। 

अटो गोदामदेखि आलिताल–५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ह १७४० नम्बरको अटो दुर्घटना भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस