सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक अभियान्ता आर्यनको पहलमा दुई जना मुटुका बिरामीलाई आर्थिक सहयोग

२०८० कार्तिक ३, ०९:०५ खबर संवाददाता

डोटीः सामाजिक अभियान्ता आर्यन खड्काको पहलमा डोटीका दुई जना बिरामीलाई आर्थिक सहयोगका लागि सामाजिक सञ्जालबाट चलाएको अभियानबाट संकलन भएको रकम बिहीवार हस्तान्तरण गरिएको छ। डोटी जिल्लाको के आई सिंह गाँउपालिका–४ चन्केसैनका मुटुका बिरामी रमेश बि.क र सोहि ठाउँका गंगाराम अवस्थिलाई क्रमशः २ लाख ९९ हजार २३६ र २ लाख ८ अजार ५९१ रुपैँया सहयोग गरिएको अभियान्ता खड्काले बताए।

२४ वर्षका रमेश बि.क मुटुका बिरामी थिए। उनी भारतमा काम गर्दै आएका थिए। बि.क एक्कासी बिरामी हुदा स्वाथय चेकजाँच पछि मुटुको समस्या दखाएको थियो। बि.क को आर्थिक अवस्था कमजोर भएपछि सहयोगका लागि अपिल गरेका थिए। यस्तै गंगाराम अवस्थीको पनि मुटुमा नै समस्या थियो। अवस्थीको साथमा उनकी श्रीमती बाहेक हरु कोहि नहुदा उपचारमा समस्या भएको थियो। उपचार गर्न नसकेर घर फर्केका अवस्थीको उपचारका लागि अभियान्ता खड्काले आर्थिक संकलनको अभियान चलाएका थिए। अभियानबाट संकलन भएको रकम बिहीवार रमेश बि.क लाई २ लाख ९९ हजार २३६ र अवस्थीलाई २ लाख ८ अजार ५९१ रुपैँया सहयोग गरिएको हो।

अहिले दुबै जनाको स्वास्थ्यमा उपचारपछि सुधार भैसकेको छ। उक्त अभियानमा खड्कासँगै नाथ कोलि, दीपक खड्का, राम भट्ट, डिल्लीराज शर्मा, उमेश अवस्थी, प्रिन्स बि.क, तारा बि.क र दिपक भट्ट अभियानमा जुटेका थिए। उनीहरुले सामाजिक सञ्जाल तथा भारतका विभिन्न ठाउँमा गएर रकम जम्मा गरेका थिए।
 

कमेन्ट लोड गर्नुस