सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीदेखि बझाङ जादै गरेको बस भिरमा अड्केपछि...

२०८० कार्तिक ३, ०९:०६ खबर संवाददाता

बझाङः धनगढीदेखि बझाङ जादै गरेको बस भिरमा अड्किएको छ।

धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज विहान भिरमा अड्केको हो। बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले जनाएको छ।

सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरु भने सूचारु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। बस निकाल्ने प्रयास भइरहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस