सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मेयरद्धारा भाडामा लिएको सरकारी गाडीको दुरुपयोग, जन्ती ओर्सान प्रयोग

२०७६ वैशाख १६, ०४:२७ खबर संवाददाता

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले भाडामा लिएको सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ। मेयर धामीकै लागि नगरपालिकाले भाडामा लिएको म १ च ७२७ नम्बरको गाडी भाईको विवाहमा प्रयोग भएको पाइएको हो। सरकारी प्रयोजनमा प्रयोग हुनुपर्ने भाडाको गाडी मेयर धामीले आफ्नो भाई नाता पर्ने दिपेन्द्रको विवाहमा लगेको कुरा स्वीकार गरे। उनले आफू नगरपालिकाले भाडामा लिएको गाडीमा भाई दिपेन्द्रको विवाहमा गएपनि दुरुपयोग गर्ने मनसाय नरहेको दावी गरे। उनले पार्किङ गरेर राखेको गाडीमा दुलाहदुलहीको नाम लेखेको कागज  भने अरुले नै टाँसेको जिकिर गरे। सरकारी गाडी नीजि प्रयोजनमा प्रयोग गर्न नपाउने नियम भएपनि मेयर धामीले भाईको विवाहमै प्रयोग गरेका हु्न्। 
 

कमेन्ट लोड गर्नुस