कञ्चनपुरबाट दुई लाख मुल्य बराबरका अवैध कपडासहित एक जना पक्राउ

२०८० कार्तिक २, ०९:५२
कञ्चनपुरः कञ्चनपुरबाट अवैध कपडासहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालीका– ११ भुजेलाका देवराज जोशीलाई भन्सार छली घरमा लुकाई छिपाई राखेको अवैध कपडासहित पक्राउ गरेको हो।
जोशीको घरबाट करिब १ लाख ७४ हजार ५ सय बराबरका विभिन्न किसिमका कपडा र जुत्ता फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।


कमेन्ट लोड गर्नुस