सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन २३ मा कैलालीमा प्रदेश लगानी सम्मेलन हुने

२०८० कार्तिक २, ०९:३० खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज(बिहीवार) पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीकर्तालाई प्रदेशमा भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागिएको बताएका हुन।

यसको तयारीका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ। यस्तै कार्यसम्पादन समिति,सल्लाहकार समिति गठन भई आवश्यक तयारीसमेत सुरु भइसकेको जनाइएको छ। लगानी सम्मेलनबाट प्रदेशको विकासको आधार खडा गर्ने विश्वास गरिएको छ।

सुदूरपश्चिम प्रदेश लगानीका लागि ठूलो सम्भावना भएको क्षेत्र भए पनि अहिलेसम्म कृषि,पर्यटन,जलस्रोतलगायतका कुनैपनि क्षेत्रमा ठूलो लगानी भित्रिन सकेको छैन। सम्मेलन पछि लगानी भित्रिने अपेक्षा गरिएको मुख्यमन्त्री शाहले बताए।
 

कमेन्ट लोड गर्नुस