सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशद्धारा भारतलाई २ सय ५७ रनको लक्ष्य

२०८० कार्तिक २, ०७:२१ खबर संवाददाता

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनको लक्ष्य दिएको छ। पुनेमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनायो। बङ्गलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए। यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए।

बलिङतर्फ भारतका जसप्रीत बुमराह, मोहम्मद सिराज र रवीन्द्र जडेजाले २÷२ विकेट लिए। भारत ३ खेलमा तीनै खेल जितेर ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। बङ्गलादेश उति नै खेलमा १ खेल जितेर २ अङ्कसहित छैटौँ स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस