सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनमा सत्तारुढ समाजवादी पार्टी विजयी

२०७६ वैशाख १६, ०४:२७ खबर संवाददाता

स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ समाजवादी पार्टी विजयी भएको छ। अन्य प्रतिस्पर्धी दललाई पछि पार्दै सोसलिस्ट वर्कर पार्टीले पहिलो स्थान हासिल गरेको हो। स्पेनको ३५० सिट रहेको तल्लो सदन र २६६ सिट रहेको माथिल्लो सदनका लागि आइतबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पेड्रो सान्चेजको दल सोसलिस्ट वर्कर पार्टीले १२३ स्थानमा जित हासिल गरेको हो। यो कुल सिटको २९ प्रतिशत हो। बहुमत सरकार गठनका लागि १ सय ७६ सिट आवश्यक पर्दछ। सोललिस्ट वर्कर पार्टीले सबैभन्दा धेरै २९ प्रतिशत सिट जिते पनि बहुमत हासिल गर्न भने सफल भएन।

स्पेनमा अब मिलिजुली सरकार बन्ने छ। पछिल्ला चार वर्षको अवधिमा स्पेनमा भएको यो तेस्रो निर्वाचन हो। सान्चेजले गठबन्धन सरकार गठनका लागि क्षेत्रीय दलहरुसँग वार्ता सुरु गरेको बताएका छन्। उनले वार्तामा सीमित घेरा नराख्ने पनि बताउनुभएको छ। निर्वाचन जितेपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले संविधानको सम्मान गर्ने र सामाजिक न्यायलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। 

कमेन्ट लोड गर्नुस