सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय बलर हार्दिक पाण्ड्या घाइते

२०८० कार्तिक २, ०५:३२ खबर संवाददाता

विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलका क्रममा भारतीय बलर हार्दिक पाण्ड्या घाइते भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अनुसार उनको चोटको परीक्षण भइरहेको छ। बंगलादेशविरुद्धको खेलमा तेस्रो बल फ्याँकेपछि उनी घाइते भएका हुन्।

उनले पहिलो बलमा कुनै रन दिएनन्। तर त्यसपछिका दुई बलमा बंगलादेशी ब्याट्सम्यान लिटन दासले लगातार चौका हाने। लिटन दासको दोस्रो चौका खुट्टाले रोक्न खोज्दा हार्दिको खुट्टा मर्किएको थियो। त्यसपछि उनले बलिङ गरेनन्।
 

कमेन्ट लोड गर्नुस