सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

२०८० कार्तिक २, ०४:४४ खबर संवाददाता

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएका छन्। 

राष्ट्रपति कार्यालयले बिहीबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै कात्तिक ७ गते विजया दशमीका दिन राष्ट्रपति पौडेलले महाराजगञ्जस्थित कार्यालयमा टीका प्रसाद प्रदान गर्ने जनाएको छ। त्यसका लागि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्टाइएको कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ। 

दिउँसो २ बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश​‚ उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुख, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी तथा विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। सर्वसाधारणका लागि भने दिउँसो ३ देखि साँझ ५ बजेसम्मको समय छुट्ट्याइएको छ।

कमेन्ट लोड गर्नुस