सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४ सय ७१ जनाको मृत्यु

२०८० कार्तिक २, ०९:२६

गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४ सय ७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

'ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३१४ जना घाइते भएका छन्,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए। उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन्।

आक्रमणले अरब विश्वमा आक्रोश फैलाएको छ। इजरायल र प्यालेस्टाइनी लडाकूसमूहले मङ्गलबार उक्त केन्द्रमा भएको आक्रमणका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस