सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजाको एक अस्पतालमा हमला

२०८० कार्तिक २, ०६:१५

गाजाको एक अस्पतालमा हमला भएको छ। एक अस्पतालमा भएको हमलामा कम्तीमा दुई सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ।

उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलले उक्त हमला गरेको आरोप लगाएको छ। इजराइली सेनाले हमासको आरोपलाई ‘झुट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले गलत रकेट आक्रमण गरेको आरोप लगाएको छ। 

कमेन्ट लोड गर्नुस