सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिली जिन किङ कपमा नेपालको विजयी सुरुवात

२०८० कार्तिक १, ०९:१८ खबर संवाददाता

काठमाडौंः  नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ। टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बताए।

नेपाली खेलाडीले सहज जित हात पार्ने क्रममा दुई एकल र एक डबल्मा सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारे। पहिलो एकल खेलमा नेपालकी माहिका राणाले मालिका रहिमोभालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन्। दोश्रो एकल खेलमा नेपालकी अभिलाषा विष्टले योसुमन सलीमोभालाई ६–० र ६–० नै हराइन्। डबल्समा नेपालका सुनिरा थापा र रायना शाहको जोडीले फजिला मोरुदोभा र मालिकाको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले नै पाखा लगायो।

यो प्रतिस्पर्धामा सहभागी विभिन्न १४ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘सी’ मा नेपाल–ताजाकिस्तानसंगै बहराइन र कतार छन्। हरेक समूहको शीर्ष एक टोली सेमिफाइनलमा प्रवेश गर्ने छ। नेपालले बिहीवार आयोजक राष्ट्र बहराइन विरुद्ध खेल्ने छ।
 

कमेन्ट लोड गर्नुस