सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुम्लामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुग्यो, दुईसय बढी विरामी

। फोटो स्रोत ।
२०७६ वैशाख १६, ०३:५८ खबर संवाददाता

हुम्लाको दक्षिण क्षेत्र ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। अझै २ सय भन्दा बढी विरामी परेका छन्। ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो।

सोमबार मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा रहेका छन्। चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको थियो। आइतबार मात्रै प्रभावित क्षेत्रमा प्रदेश सरकारले हेलिकोप्टरबाट औषधिसहित चार जना चिकित्सकको टोली पठाएको छ।

नेपाली सेनाको हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ। सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारको समन्वयमा प्रभावित क्षेत्रमा चिकित्सकको टोली औषधिसहित पठाइएको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस