सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा झन्डै दुई लाखका सामान बरामद

२०८० कार्तिक १, ११:२३ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा झन्डै दुई लाखका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार मूल्य बराबरको लेडिज सुट, चिनी, मिश्री, नरिवल, हार्डवेयरका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यसैगरि, भजनी नगरपालिका-३ काँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६ हजार ७ सय मूल्य बराबरको सुतीको कपडा, धोतीको कपडा, कुर्ता सुरुवाल लगायतका सामान बुधबार बिहान प्रहरीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० ब्यारेल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३० हजार मूल्य बराबरको चिनी, प्लाष्टिक, साईकल लगायतका सामान गरी जम्मा १ लाख ८७ हजार ७ सयका सामान मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
 

कमेन्ट लोड गर्नुस