सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको तमिलनाडुमा विस्फोटः ९ जनाको मृत्यु

२०८० कार्तिक १, ०६:१० खबर संवाददाता

भारतको तमिलनाडुस्थित विरुधुनगरमा मङ्गलवार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो। यस्तै अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको हो। विस्फोटबारे अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस