सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री दाहालको छातीमा समस्या, नर्भिक अस्पताल भर्ना

२०८० असोज ३०, ०७:१३

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ’कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ । रासस
 

कमेन्ट लोड गर्नुस