एआरएनएको विश्व सम्मेलन काठमाडौंमा शुरू, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं: गैरआवासीय नेपाली संघ )एनआरएनए)को विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे।
सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता छ। विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या भने ९६ हजार ८५० छ।
विश्व सम्मेलन तथा ११औं महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चुन्नेछ। संघको अध्यक्षका लागि वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्ष उपाध्यक्षद्वय महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको हो। उपाध्यक्ष, महासचिवसहित ७६ पदाधिकारीका लागि १०९ जनाको उम्मेदवारी दिएका छन्।


