सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वडा अध्यक्ष कार्यकक्षमै मस्त निदाएको फोटो सार्वजनिक भएपछि आलोचना

२०७६ वैशाख १६, ०२:३० खबर संवाददाता

कैलालीमा एकजना वडा अध्यक्ष कार्यकक्षमै निदाएको फोटो सामाजिक संञ्जाल फेसबुकमा भाईरल भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जगतराम चौधरी कार्यकक्षमै निदाएको फोटो फेसबुकमा भाइरल भएको हो। वडा अध्यक्ष निदाएको फोटो फेसबुकमा पोष्ट गर्दै भुवन बुढाले गौरीगंगा नगरपालिका १ का अध्यक्ष कार्यालयमा मस्त सुत्नु जायज हो या नाजायज तस्बिर आफै बोल्छ की भनेर लेखेका छन्।

उक्त फोटोलाई लिएर वडा अध्यक्षको चौतर्फी आलोचना भईरहेको छ। यता वडा अध्यक्ष जगतराम चौधरीले भने उक्त फोटो डेढ महिना अगाडीको भएपनि सार्वजनिक आज भएको बताए। त्यो दिन आफू फिल्डबाट थाकेर आएकाले कार्यालयमै निदाएको उनले स्वीकार गरेका छन्। 

कमेन्ट लोड गर्नुस