सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जङ्गली हात्ती नियन्त्रण गर्न स्वचालित बत्ती जडान

२०८० असोज २९, ०८:५१ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक नगरपालिकाका विभिन्न वडामा स्वचालित बत्ती जडान गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको हो। हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्याउन थालेपछि हात्ती नियन्त्रण गर्नका लागि बत्ती जडान कार्य सुरु गरिएको हो।

हात्ती प्रभावित वडा–५, ६, ९ र १० मा बत्ती जडान भइरहेको वडा नम्बर–५ का अध्यक्ष चक्रबहादुर खडकाले बताए। उनका अनुसार सम्बन्धित वडा कार्यालयले बजेटको व्यवस्था गरी बत्ती जडान गर्न थालेका हुन्। वडा नम्बर–५ मा ३०, ६ मा ६०, ९ मा १६ र १० मा ४० वटा बत्ती जडान भइरहेको अध्यक्ष खडकाले बताए। जडान गरिएका बत्ती दुई वर्षभित्र बिग्रिएमा मर्मत गर्ने गरी आपूर्तिकर्तासँग सम्झौता गरिएको उनले बताए।

“उज्यालो देखेपछि हात्ती खेतबारीमा नछिर्ने भएकाले बत्ती जडान गर्न थालिएको हो” वडा नम्बर–६ का वडाध्यक्ष दानबहादुर ऐरले बताए। 

कमेन्ट लोड गर्नुस