सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको मुम्बईमा ट्याङकरको ठक्करबाट कैलालीका एकजनाको मृत्यु

२०७६ वैशाख १६, ०१:०६ खबर संवाददाता

भारतको मुम्बईमा ट्याङकरको ठक्करबाट कैलालीका एकजनाको मृत्यु भएको छ। ट्याङकरको ठक्करबाट मृत्यु हुनेमा कैलालीको फुलबारीकी माया तिरुवा रहेकी छन्। श्रीमानसंगै मुम्बईमा रोजगारी गर्र्दै आएकी तिरुवा कामका लागिसाईकलमा  जादै गरेको अवस्थामा ट्याङकरले ठक्कर दिएपछि मृत्यु भएको उनका देवर रतिव तिरुवाले बताए। साईकल उनका श्रीमानले चलाईरहेका थिए भने ठक्करबाट उनी पनि घाईते भएका छन्। नेपाली जनसम्पर्क समिति पश्चिम मुम्बईका अध्यक्ष एमबी बोहोराले चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनले मृतकका परिवारलाई क्षतिपूर्ती दिन सहमती पछि आफन्तले शव बुझेकोबताए। 
 

कमेन्ट लोड गर्नुस