सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर

। फोटो स्रोत ।
२०७६ वैशाख १६, ०१:०४ खबर संवाददाता

एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ। यो अफर अन्तर्गत अन्तर्रा्ष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्यो भन्दाबढी कुरा गर्दा प्रत्येक मिनेटमा २ रुपैयाँ बोनस पाइने छ। यो अफर सोमबार (वैशाख १६) देखि सुरु भई तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ। एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ का दरले बोनस पाउनेछन। यसको अर्थ अन्तर्रा्ष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्नेछन्।   

यसरी प्राप्त भएको बोनस ७ दिनसम्मका लागि मान्य हुने एनसेलले जनाएको छ। बोनस एनसेलको नेटवर्क्भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिने पनि उसले जनाएको छ। एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन्। त्यस्तै अंग्रेजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्ने एनसेलले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस