सुदूर नेपाललाई विश्वसँग जोड्दै

हमासद्धारा गाजामा ‘युद्धविराम’ को आग्रह इजरायलद्वारा अस्वीकार

२०८० असोज २९, ०४:०५ खबर संवाददाता

एजेन्सीः  विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा हमासले अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमवार अस्वीकार गरेको छ। यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्ने इजरायली सेनाले वाचा गरेको छ।

इजरायल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घन्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो। तर नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस