प्रधानमन्त्री दाहाल कैलाली आइपुगे

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल कैलाली आइपुगेका छन्। कैलाली आइपुगेका प्रधानमन्त्री दाहालले सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको बताएका छन्।
माओवादी नेता कृष्ण बढुवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। बडुवाल सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन्। निमोनियाबाट ग्रसित बढुवालको असोज १० गते भारतमा उपचारका लागि लैजाने क्रममा निधन भएको थियो।
आज (सोमबार) प्रधानमन्त्री दाहाल बढुवालको स्मृतिमा आयोजित शोक सभामा पुगेका थिए। उनले सामाजिक न्याय र सुशासनका काम गर्दै महेश जस्ता योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यमा सरकार रहेको बताए। धनगढीमा हुने समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन प्रधानमन्त्री दाहाल कैलाली आइपुगेका हुन्। धनगढीमा सन्देश सभा हुनुअघि प्रधानमन्त्री लम्की चुहा नगरपालिका पुगेका थिए।

