सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंका विस्फोट : अनुहार ढाक्ने कपडा लगाउन प्रतिबन्ध

२०७६ वैशाख १६, ०१:०१ खबर संवाददाता

गएको २१ अप्रिल ‘इस्टर’ को दिन आतंकवादी समूहले गराएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ। ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा दुई सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो आपतकालीन कमद उठाएको जानकारी दिए। सोमबारबाट लागू हुने यो प्रतिबन्धले मुस्लिम महिलाहरुले लगाउने बुर्कामा भने कुने असर गर्ने छैन। 

पहिचानका लागि कुनै पनि व्यक्तिले आफ्नो पूरै अनुहार देखाउनै पर्ने कुरा आदेशमा भनिएको छ। बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार, श्रीलंकाको प्रधानमन्त्री कार्यालयले एक बयान जारी गर्दै प्रधानमन्त्रीले कानुन मन्त्रीसँग यसबारेमा एक मस्यौदा तयार गर्नका लागि भनेका छन्। ‘कानुन मन्त्रीले श्रीलंकाको मुस्लिम धार्मिक गुरुहरुको प्रमुख संस्था आईसीजेयूका अधिकारीहरुसँग सल्लाह र सुझाव लिएर एक मस्यौदा तयार गर्नुपर्छ।’

प्रधानमन्त्री सिरिसेनाले भनेका छन्। तर आईसीजेयूले भने एक प्रस्ताव पास गर्दै सरकारसँग अनुहार ढाक्ने कपडामाथि प्रतिबन्ध लगाउन अपिल गरेका छन्। ’इस्टर’ को दिन भएको आत्मघाती हमलापछि श्रीलंका सरकारले यस्ता कयौं किसिमका कदम उठाएको छ। राष्ट्रपतिले नेशनल तौहीत जमात र जमियत मिल्लत इब्राहीमजस्ता संगठनमाथि प्रतिबन्ध लगाएको छ। यी संगठनका बैंक खाता पनि फ्रिज गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस