सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी घर भएका एक सैनिक जवानको मृत्यु

२०८० असोज २९, १०:०५ खबर संवाददाता

बैतडी घर भएका एक सैनिक जवानको मृत्यु भएको छ। आइतबार बिहान धनुषाको लालगढ र महोत्तरी बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा उनको मृत्यु भएको बताइएको छ।

तर परिवारले भने हाम फालेको हुन नसक्ने बताएका छन्। मृत्यु हुनेमा बैतडी घर भइ धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरत सैनिक जवान विक्रम सिँह बोहरा रहेका छन्। घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस