सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रति लिटरमा पेट्रोलको ११ र डिजलको ५ रुपैँयाले मुल्य घट्यो

२०८० असोज २८, ०९:११ खबर संवाददाता

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आइतवार (आज) राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ। अब धनगढीमा पेट्रोलको प्रती लिटर १६९ रुपैँया ५० पैँसा, डिजलको १६५ रुपैँया ५० पैँसा पर्नेछ भने दिपायलमा पेट्रोलको प्रती लिटर १७२ रुपैँया र डिजलको १६८ रुपैँया पर्नेछ।

कमेन्ट लोड गर्नुस