सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलमाथि लेबनानको मिसाइल आक्रमण

२०८० असोज २८, ०४:५२ खबर संवाददाता

एजेन्सीः  लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। दक्षिणी लेबनानबाट इजरायलको स्तूला गाउँलाई लक्षित गरेर उक्त मिसाइल प्रहार भएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल–मनारमा यो सूचना प्रशारण भएको थियो।

उक्त हमलामा  गाइडेड मिसाइलको प्रयोग भएको छ। हमलाबाट एक जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। मिसाइल प्रहार भएको गाउँमा धेरैजसो किसानको बसोबास छ। जवाफी कारबाहीस्वरुप इजरायलले पनि लेबनानमाथि आक्रमण सुरु गरेको छ।    

कमेन्ट लोड गर्नुस