सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २१ लाख जरिवाना तिराएर ट्रक छाडियो

२०८० असोज २७, ०४:४४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा भारतबाट अवैध सामान ल्याउन प्रयोग भएको भारतीय नम्बरको गाडीलाई २१ लाख जरिवाना गरिएको छ।

गोदावरी नगरपालिका–२ अत्तरियास्थित अंकित बस्त्रालयको नाममा प्रज्ञापन पत्र जारी सामान बोकेर धनगढी पुगेको यूपी २१ सीएन ८८८७ नम्बरको भारतीय ट्रकमा अवैध सामान फेला परेपछि कारबाही गरिएको हो। कैलाली भन्सार कार्यालयबाट पास भएर अत्तरिया जाँदै गरेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

ट्रक चेकजाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख भएको परिमाणभन्दा बढी सामान फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। ट्रकलाई भन्सार कार्यालय कैलालीमा लगेर पुनः चेकजाँच गरिएको थियो। प्रज्ञापन पत्रमा उल्लेख नभएका एक हजार ८० थान ब्ल्याङकेट, एक हजार २५१ मिटर उलन सुटको कपडा र हजार थान लेडिज सल फेला परेका थिए। बाँकी सामानको भन्सार र जरिवाना गरेर २० लाख ९२ हजार ९२४ तिराएर ट्रक छाडिएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस