सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सहुलियत कृषि कर्जामा नक्कली किसानको हालीमुहाली

२०७६ वैशाख १६, १०:४४ कमल सावद

कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ का ललितबहादुर थापाले सहुलियत कृषि कर्जाका लागि भन्दै २०७३ सालमा नै कृषि विकास बैंक टिकापुर शाखामा दिएको निवेदनमाथि  अहिले सम्म सुनवाई भएको छैन्।  २०६९ सालबाटै टीकापुरमा व्यवसायिक  पशुपालन, केरा खेती गर्दै आएका थापा निवेदन दिए यता पटक–पटक बैंकमा धाए पनि आश्वासन मात्रै पाउने गरेका छन्।

नेपाल सरकारले २०७३ सालमा व्यवसायीक कृषि तथा पशु पालन गर्ने किसानलाई वार्षिक ६ प्रतिशत व्याजमा सहुलियत कृषि कर्जा दिने व्यवस्था गरेको थियो। २०७५ सालमा आएर कार्यविधी संशोधन गर्दै सरकारले व्यवसायिक किसानलाई १९ दिन भित्र सहुलियत कर्जा दिन निर्देशन दिएको छ। तर कैलालीका अधिकांस बास्तविक किसानले सहुलियत कर्जा नपाएको गुनासो गरेका छन्।

नेपाल बीउ व्यवसायी संघका केन्द्रीय अध्यक्ष लक्ष्मीकान्त ढकालले  वास्तविक किसानले सहुलियत कर्जा नपाएको बताए। राष्ट्र बैंकको ६ प्रतिशत र किसानको ६ प्रतिशत गरी विभिन्न बैंकहरुबाट किसानले सहुलियत कृषि कर्जा लिन पाउँछन्। तर कैलालीमा राजनीति पहुँचका आधारमा मात्र सहुलियत कर्जा वितरण हँुदा वास्तविक किसान छुटेका छन्।

ऋणीले लिएको कर्जाको साँवा ब्याज रकम समयमै भुक्तानी गर्नुपर्ने, कर्जा सुरक्षित गर्नका लागि वाणिज्य बैंकले मागेका विवरण उपलब्ध गराउने र तोकेका शर्तहरुको पालना गरेको हुनुपर्छ। जुन उद्देश्यको लागि कर्जा लिइएको हो, त्यही उद्देश्यको लागि मात्र कर्जा लगानी गर्नुपर्ने हुन्छ। ऋण लिनका लागि सबैभन्दा पहिले फर्म वा कम्पनी दर्ता आवस्यक हुन्छ। तर कृषकले कर्जा नै नपाएपछि लगानी बढाउन पनि समस्या भईरहेको छ। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस