सुदूर नेपाललाई विश्वसँग जोड्दै

अचेत अवस्थामा फेला परेका अज्ञात एक पुरुषको उपचारको क्रममा मृत्यु

२०८० असोज २६, ०९:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा बसपार्कमा लामो समय देखि माग्दै हिड्ने एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कमा लामो समय देखि माग्दै हिड्ने मानसिक अवस्था ठिक नभएको नामथर वतन नखुलेका एक जनाको शुक्रवार मृत्यु भएको हो। उनलाई अचेत अवस्थामा फेला पारी तत्काल उपचारका लागि महाकालि प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अन्दाजी ३०÷३२ वर्षका,उचाई ५.२ भएकोे, सेतो गुलाबी कलरको धर्षा भएको सर्ट,भित्र कालो कलरको भेष्ट खैरोमा कालो धर्सा भएको ट्रेक कालो कपाल दारी पालेको दाहिने हात अपाङ्ग भएका ती व्यक्तिको शव महाकालि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। साथै उनलाई पहिचान गर्नेलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस