डडेल्धुरा सदरमुकाम सडक क्षेत्रका घर टहरा दसैँ अगावै हटाइने
डडेल्धुराः डडेल्धुरा सदरमुकामका सडक क्षेत्रमा रहेका घर टहरा हटाउने काम सुरु भएको छ। सरकारी तथा ऐलानी जग्गा कब्जा गरेर निर्माण गरिएको घर तथा टहरा हटाउन डोजर चलाउनु परेको अमरगढी गरपालिकाका मेयर डिल्लीराज जोशीले बताए।
अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा र कब्जा गरिएको जमिन व्यक्तिगत स्वामित्वबाट मुक्त गराउन सडकको दायाँबायाँतिर १५ मिटर क्षेत्रभित्रका भौतिक संरचनामा डोजर चलाउन नगरपालिका बाध्य भएको नगरप्रमुख जोशीले बताए।
नगरपालिकाले बारम्बार मौखिक र लिखित सूचना जारी गरेर सदरमुकामवासीलाई अनुरोध गर्दा पनि अटेरी गरेपछि हटाउनु परेको बताए। बाध्य भएर कानुन अनुसार डोजर चलाउन लागिएको छ’, उनले भने। यो दसैँ भित्र सडक खालि गराइसक्ने लक्ष्य रहेको मेयर जोशीले बताए।