सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमालयन गौरीशंकर डेन्टल एनएफजेएफ मिडिया कप हुने

२०८० असोज २६, १०:२९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताहुने भएको हो।

प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगितामा ६ टीमको सहभागीता रहने आयोजकले जनाएको छ। लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज २७ र २८ गते आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए।


 

कमेन्ट लोड गर्नुस