सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० असोज २६, ०९:४६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको जुत्ता, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अन्दाजी २२ हजार मूल्य बराबरको लेडिज सुट, कुर्ती लगायतका सामान, धनगढी उपमहानगरपालिका ३ पुरानो भन्सार कार्यालय नजिकबाट अन्दाजी २३ हजार ५ सय मूल्य बराबरको लेडिज सुट, कुर्ती, साडी, चिनी लगायतका सामान र भजनी नगरपालिका ३ कर्मदेबघाटबाट अन्दाजी २३ हजार १ सय मूल्य बराबरको चिनी, सुर्ती, ललिपप गरि जम्मा अन्दाजी १ लाख १८ हजा ६ सय मूल्य बराबरको सामान बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका २ बैजुडाँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४२ हजार ५ सय ८४ मूल्य बराबरको बिष्कुट, नमकिन, गुट्का, प्लाष्टिक लगायतका सामान बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी  नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस