सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलबाट २५० जना नेपाली विमान चढे

२०८० असोज २५, ०४:५२ खबर संवाददाता

युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्। नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन्। नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीवार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ।

आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए। नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीवार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन्।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन्। त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ।–अनलाइन खबर
 

कमेन्ट लोड गर्नुस