सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम पुग्यो एकीकृत समाजवादीको जागरण अभियान

फाइल फोटो
फाइल फोटो
२०८० असोज २५, ०१:५३ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जागरण अभियान सुदूरपश्चिम पुगेको छ। मेची–महाकाली ‘समाजवादी जागरण अभियान २०८०’ बिहिवार सुदूरपश्चिम पुगेको हो। कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा विहीवार कार्यक्रम गरिदैछन्। बुधवार बर्दियाको गुजरिया पुगेको अभियान बिहिवार कैलालीपुगेको हो।

एकीकृत समाजवादीले विभिन्न पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ। काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो। पार्टीका नीति सिद्धान्त, कार्यदिशा तथा समाजवादको दयगतमा जनतालाई बुझाउन अभियान सञ्चालन गरिएको पार्टीले बताउने गरेको छ।

अभियानअन्तर्गत देशको राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था र गरिबी न्यूनीकरणका लागि पार्टीको योजना’दयगत जनतामा जागरण फैलाइनाका साथै जनताको घरदैलोमा पुगेर आर्थिक, राजनीतिक र सामाजिक सुरक्षाका विषयमा सुझाव सङ्कलन गर्ने काम समेत भईरहेको छ। पूँजीवादको विकल्पमा समाजवादको कार्यान्वयनमा जोड दिएको अभियानले जनताका सुझाव सङ्कलन गरी क्रान्तिकारी समाजवादी नीति निर्माणमा पार्टीको उदेश्य रहेको छ। पार्टीकानेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजमा रहेको विद्धमान वर्गीय शोषणको अन्त्यका निम्ति समाजवादी शासन व्यवस्था अनिवार्य रहेको बताए। १४ असोजबाट सुरु भएको अभियान २९ असोजमा समापन हुदैछ ।

 

कमेन्ट लोड गर्नुस