सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालापानीनजिकको पार्वती कुण्ड पुगे भारतीय प्रधानमन्त्री मोदी

२०८० असोज २५, १२:०७ खबर संवाददाता

धनगढीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तराखण्डस्थित पिथौरागढको पार्वती कुण्ड पुगेका छन्।

उक्त कुरा मोदी स्वयंले ट्वीटमार्फत जानकारी गराएका हुन्। ‘उत्तराखण्डस्थित पिथौरागढको पवित्र पार्वतीकुण्ड दर्शन तथा पूजाबाट अभिभूत भएको छु। आदिकैलाशको दर्शनबाट पनि मन आह्लादित बनेको छ। प्रकृतिको काखमा रहेको अध्यात्म एवं संस्कृतिको यस स्थलबाट देशका सबै परिवारको सुखमय जीवनको कामना गरेको छु,’ मोदीले ट्वीटरमा लेखेका छन्।

पार्वती कुण्ड र आदिकैलाशमा मोदीले पूजा आराधना समेत गरेका हुन्।

करीब ४२ अर्ब भारुको  एक परियोजना उद्घाटन गर्न मोदी उत्तराखण्ड पुगेका हुन् ।पार्वतीकुण्ड कालापानीबाट नजिक पर्छ। नेपाली भूमि कालापानी तथा लिपुलेक अहिले भारतीय कब्जामा छ।
 

कमेन्ट लोड गर्नुस